आइजीपी खनालको कमाल : एकै वर्षमा गरे यति प्रहरीकाे सरुवा र बढुवा

khanal sarbendra
लाेकपाटी न्यूज

काठमाडौं, ५ फागुन । यस वर्ष सिपाहीदेखि एआइजीसम्मलाई बढुवा गरिएको छ । नेपाल प्रहरीमा एकै बर्ष ३२ हजार कर्मचारीको सरुवा र ६ हजार भन्दा बढीको बढुवा भएको हो ।

प्रहरी महानिरीक्षक ‘आइजीपी’ सर्वेन्द्र खनालले कामका आधारमा सरुवा र बढुवाको नीति लागू गरेपछि लामोसमयदेखि एकै ठाउँमा बसेका र जिम्मेवारी अनुसार काम नगर्नेलाई सरुवा गर्ने नीति लागू गरेपछि एकै वर्ष यति संख्यामा प्रहरी कर्मचारीको सरुवा भएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार यस सबै दर्जाका गरी ३२ हजार भन्दा बढी प्रहरी कर्मचारीको सरुवा भएको छ भने ६ हजारको बढुवा भएको छ । गत वर्षभन्दा यस वर्ष ५ हजार २ सय सरुवा बढी भएको हो ।

खासगरि प्रहरी जवान र हवल्दारको प्रायः सरुवा नहुने र भए पनि काजमा खटिने गर्थे । उनीहरू लामो समय एउटै कार्यालयमा काम गर्दै आएका थिए । यस पटक उनीहरूको सरुवा भएको हो ।

तत्कालीन आईजी उपेन्द्रकान्त अर्यालको पालामा रोकिएको प्रहरी नायव निरीक्षक ९सइ० को बढुवा वैशाख १९ मा भयो । अर्यालपछिका आईजी प्रकाश अर्यालले पनि सइको बढुवा गर्न सकेका थिएनन् । तर, खनालले नयाँ नीतिलागू गरेपछि ५ वर्षपछि सइबाट ७३ जना प्रहरी निरीक्षक ९इन्स्पेक्टर० मा बढुवा भएका छन ।

यस्तै वैशाखमै १ हजार ३ सय ४६ हवल्दारको बढुवा भएको प्रहरी प्रधान कार्यालयको तथ्यांकले देखाएको छ । यस वर्ष ५ सय ५८ प्रहरी सहायक निरीक्षक ‘असइ’ सइमा बढुवा भएका छन । यस्तै २२ एसपी एसएसपी र १६ जना एसएसपी डीआईजीमा बढुवा भएका छन । यही बर्ष तीन जना डिआइजी पुस्कर कार्की, धिरु बस्न्यात र ठुले राई एआइजीमा बढुवा भएका हुन ।

लामो समय रोकिएको प्राविधिक प्रहरी समूह कुकुर स्कुलतर्फको समेत हवल्दारबाट असइमा बढुवा गत साउनमा भयो । धेरै वर्ष हवल्दारमै बसेका ३ जना असइमा बढुवा भयो । प्राविधिकतर्फ हवल्दारदेखि इन्स्पेक्टरसम्म बढुवा भएको छ । माघमा प्राविधिकतर्फ असइदेखि एसएसपीसम्म विभिन्न समूहका ७ सयभन्दा बढीको बढुवा भयो।

आईजी खनालले वैशाखमा सरुवा अघि बढाउनु भएको हो । खनालले वैशाख १३ गते ५ हजार ३९ जना जवानको सरुवा गरेका थिए । उनीहरू लामो समयदेखि एउटै कार्यालयमा कार्यरत थिए । वैशाख २३ मा ७९ एसपीको सरुवा भयो। जेठ ४ मा ११ जना एसएसपीको सरुवा भयो । त्यसयता सबै दर्जाका ३२ हजारको सरुवा भएको हो।

सरुवा बढुवाले प्रहरीभित्र उच्च मनोवल कायम गरेको छ । आइजीपी खनालले लामो समयदेखिको जालो तोडेपछि उनीहरुमा काम गर्ने मनोवल बढेको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्