‘भ्रष्टाचारीमाथि कडा कारवाही हुनुपर्छ’ : रामचन्द्र पौडेल

Ramchandra-Poudel
लाेकपाटी न्यूज

दमौली, ५ फागुन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारमा सङ्लग्नलाई राजीनामा गराएर उन्मुक्ति दिन नहुने बताएका छन् ।

आइतबार तनहुँको दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले भ्रष्टाचारको आरोपमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सदस्य राजनारायण पाठकमाथि कडा कारवाही हुनुपर्ने बताएका हुन् ।

देश विकासको प्रमुख बाधक भ्रष्टाचार रहेको उल्लेख गर्दै उनले भ्रष्टाचारमा सङ्लग्नलाई कडाभन्दा कडा कारवाही गर्नेतर्फ सरकार अग्रसर हुनुपर्ने उनको माग छ ।

यस्तै वरिष्ठ नेता पौडेलले सुशासन र शान्ति सुरक्षा विकासको पहिलो शर्त भएकाले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । उनले संसद्मा काङ्ग्रेसको भूमिका प्रभावकारी नभएको बताउँदै राष्ट्रिय महत्वका विषयमा काङ्ग्रेसले सदनबाट आवाज उठाउनुपर्ने धारणा व्यक्त गरे ।

उजुरु मिलाइदिने भन्दै फरक फरक व्यक्तिबाट ७८ लाख रुपयाँ लिएको खबर सार्वजवनक भएपछि गत शुक्रबार राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्