मानव आश्रम मात्र खोलेर हुँदैन : डोरमणि पौडेल

dormani01
लाेकपाटी न्यूज

हेटौंडा, ४ फागुन । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले आर्थिक, सामाजिक र पारिवारिक कारणले विस्थापित भएर सडकमा जीवन बिताउने असहाय वृद्धवृद्धाको संरक्षण उद्धार र पुनःस्थापनामा सरकारी र गैरसरकारीलगायतका सरोकारवाला निकायले सहयोग पु¥याउनुपर्ने बताएका छन् ।

जिल्ला समन्वय समिति मकवानपुरद्वारा शनिबार आयोजित ‘सहयोगापेक्षी सडक मानवमुक्त’ मकवानपुर जिल्ला घोषणा कार्यक्रममा उनले सरकारको नीति तथा कार्यक्रमअनुसार सडकमा जीवन बिताउनेको उद्धार र संरक्षण गर्ने जिम्मेवारी पूरा गरेको बताए ।

उनले मानव आश्रम मात्र खोलेर हुँदैन, त्यसका लागि साधन स्रोत र बजेटको आवश्यकता हुन्छ भन्दै राज्यले त्यस्ता आश्रमलाई सहयोग पु¥याउने बताए । प्रदेशको १३ जिल्ला मध्ये मकवानपुरलाई सर्वप्रथम सडक मानवमुक्त घोषणाको कार्यक्रम उदाहरणीय रहेको उल्लेख गर्दै उहाँले प्रदेशका १३ वटै जिल्लालाई सहयोगापेक्षी रहित जिल्ला बनाइने बताएका ।

सोही प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मर्कट्टेलले परिवारबाट उपेक्षितहरुको उद्धार र पुनःस्थापना गर्ने उद्देश्यले घोषित कार्यक्रममा सबैको सहयोग आवश्यक भएको बताउँदै यो परोपकारको कार्यलाई सहयोग गर्न वर्तमान सरकार पछि नपर्ने स्पष्ट पारेका छन् ।
त्यस्तै सामाजिक विकासमन्त्री युवराज दुलालले घर छाड्ने बाध्यात्मक वातावरण नबनाउन सबैलाई आग्रह गर्दै उद्धार कार्यमा समाजको हरेक वर्गले सहयोग पु¥याउनुपर्ने र चेतना अभिवृद्धी गर्नुपर्नेमा जोड दिए ।

जिल्ला समन्वय समितिका प्रमूख रघुनाथ खुलालको सभापतित्वमा भएको सो कार्यक्रममा प्रदेश नं. ३ का मुख्य सचिव आनन्दराज ढकाललगायत विभिन्न राजनीतिक दलका नेता, पदाधिकारी, व्यवसायी तथा समाजसेवीले पनि मानव आश्रमलाई सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सो अवसरमा मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको तर्फबाट आयोजक संस्थाका प्रमूख खुलाललाई सडकमा बसोबास गर्नेको उद्धारका लागि एउटा गाडीको साँचो हस्तान्तरण गरेका छन् ।

कार्यक्रम घोषणा अघि त्यहाँको संस्कृति झल्काउने खालका विभिन्न निकायका व्यानरसहितको ¥याली आयोजनासमेत गरिएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्