बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ३१ पुग्यो, ४३ बेपत्ता

लोकपाटी न्यूज

काठमाडौं। केही दिनदेखिको अविरल बर्षापछि आएको बाढीपहिरो र डुवानमा परेर मूलुकका विभिन्न जिल्लामा ३१ जनाको मृत्यु भएको छ ।गृहमन्त्रालयबाट आज बिहानसम्मको प्राप्त विवरणअनुसार अन्य ४३ जना बेपत्ता भएका छन् ।

विपदमा परेर २२ जना घाइते भएकाे मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले जनाएकाे छ। सम्पर्कविहीन व्यक्तिको सङ्ख्या धेरै रहेकाले मृत्यु अझै बढ्ने देखिएको छ ।

अहिलेसम्मको प्राप्त विवरणअनुसार इलाममा ७, पाँचथरमा ६, डोटीमा ७, धनकुटामा ६, सुनसुरीमा ६, कालीकोटमा एक, डडेलधुरामा एकसहित ३१ जनाको मृत्यु भएको महाशाखाले जनाएकाे छ।

त्यस्तै पहिरोमा परेर हुम्लामा छ, बझाङमा २३, कैलालीमा चारसहित विभिन्न जिल्लाका ४३ जना बेपत्ता भएका छन्। अहिलेसम्म विभिन्न जिल्लाबाट ७ सय जनाको उद्धार गरिएको छ । प्राप्त विवरणमा बाढी पहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्