रमेश भुसाल/सुस्ता। वि.सं. २०२२ सालदेखि सुस्ता क्षेत्रको भूमि संरक्षण र भारतीय दादागरिसँग लड्दै आइरहेका सुस्तावासीहरुले लुम्बिनी प्रदेशका मुख्य मन्त्रिलाई ज्ञापनपत्र बुझाएका छन्। संविधानसभा सदस्य देवकरण प्रसाद कलावरको नेतृत्वमा मुख्यमन्त्री कार्यालय पुगेको टोलीले विभिन्न माग राख्दै लुम्विनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीलाई ज्ञापन पत्र बुझाएको हो ।
सिमानामा जंगे पिल्लर राख्नु पर्ने, नेपाली नागरिकताका प्रमाण पत्र पाउनु पर्ने, सुस्तावासीले जोतभोग गर्दै आएको जमिन नापीनक्सा गराई जग्गा धनी प्रमाण पुर्जा उपलब्ध गराउनु पर्ने, सुस्ताको भूभाग गुगोल म्यापमा भारतको सिमाभित्र देखिएकोमा त्यसलाई परिर्वतन गराई नेपली सिमाभित्र कायम गर्न , नारायणी नदीको तटबन्धनलाई पूर्णता, सुस्ता स्वास्थ्य केन्द्रको स्तरवृद्धि , आवस कार्यक्रम अन्तर्गतका घरहरुको पूर्णता लगाएतका मागहरु राखेका छन् ।
सुस्तामा नेपालको कूल क्षेत्रफल ४० हजार ९ सय ८० हेक्टर मध्ये १४ हजार ५ सय हेक्टर भारतले अतिक्रमण गरिसकेको छ । जसमध्ये अझै १९ हजार ४ सय ८० हेक्टर जमिन विवादित छ भने जम्मा ७ हजार हेक्टर भुभाग नेपालीहरुले जोतभोग गर्दै आइरहेका छन् ।
त्जबलपक



लोकपाटी न्यूज
