कला साहित्य उत्सव हुने

utsab
लाेकपाटी न्यूज

भद्रपुर, ३ फागुन । झापाको मेचीनगर–६ स्थित काँकडभिट्टामा ‘कला साहित्य उत्सव २०७५’ शुरु हुने भएको छ ।

रिर्डस झापाको आयोजनामा प्रत्येक दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको यो उत्सव यही फागुन १८ गतदेखि शुरु हुने भएको हो । बिहीबार विर्तामोडमा भएको पत्रकार सम्मेलनमा साहित्य उत्सव २०७५’ मा १४ विषयमा समूहगत छलफल गरिने जानकारी दिइयो ।

कार्यक्रमका संयोजक हरि तिम्सिनाका अनुसार फागुन २० गतेसम्म सञ्चालन गरिने यो उत्सवको चौथो शृङ्खलामा प्यानल डिस्कसनसहित कला प्रदर्शनी, प्रत्यक्ष चित्रकला, आर्ट क्विज र फोटो प्रदर्शनी एवं नाटक मञ्चन गरिने छ ।

आयोजक समितिका सदस्य दामोदर ढुङ्गेलले कला, साहित्य उत्सव केवल लेखक र साहित्यकारका लागि मात्र लक्षित नगरी विद्यार्थी एवं सार्वजनिक चर्चाका विषयमा रुचि राख्ने सबैका लागि भएको बताए ।

उत्सवमा कला, साहित्य, संस्कृति, अर्थ, राजनीति, सञ्चार एवं पर्यावरणजस्ता विषयमा विमर्श गरिने आयोजक संस्थाका सचिव सौरभ मैनालीको भनाई छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्