‘पानी जहाजको टिकट काट्ने अड्डा पनि खुल्छ’

kp oli
लाेकपाटी न्यूज

काठमाडौं २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पानीजहाज कार्यालय रमाइलोका लागि मात्र नखोलिएको बताएका छन् ।

बिहीबार दिउँसो देशबासीका नाममा सम्बोधन गर्दै उनले नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरेको बताउँदै पानीजहाजको कुरालाई कसैले रमाइलोको विषय सोचे पनि वास्तवमा त्यस्तो नभएर पानी जहाज देशको विकास र समृद्धिको लागि आवशयक भएको बताएका छन् ।

उनले भोलिबाटै आफ्नो मजाक उडाएर प्रश्न उठ्न सक्ने भन्दै केही महिनामै सरकारले टिकट काउन्टरसमेत खोल्ने बताएका छन् । उनले भने। “भोलिबाट मजाक सुरु हुन्छ, प्रश्न उठ्न सक्छ, टिकट काट्न पाइन्छ भनेर । टिकट काट्न पाइन्छ, केही महिना पर्खनुस् । टिकट काट्ने अड्डा अलि पछि खुल्छ ।’’

उनले टिकट काउन्टर खुलेको बारेमा पनि सार्वजनिक रुपमै सबैलाई खबर गर्ने पनि बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्