वर्षा  र संजोगले विवाह गरे

Barsha sanjog
लाेकपाटी न्यूज

काठमाडौं, २ फागुन । भ्यालेण्टाइन अर्थात प्रणय दिवसका दिन अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले विवाह गरेका छन् ।

सात वर्ष लामो प्रेम सम्बन्धलाई अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले विवाहको नाम दिएका हुन् ।

बिहिबार उनीहरुको राजधानीको पाँचतारे होटर्ल याडिसनमा दुवैतर्फका परिवारको उपस्थितिमा हिन्दू परम्परा अनुसार विवाह गरिरहेका छन् ।

दुबैको विवाहको तस्वीर ‘फोटोपसल’ ले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् सार्वजनिक गरेको छ । प्राप्त तस्वीरमा संजोग र वर्षा दुलहा९दुलहीको पहिरनमा निकै आकर्षक देखिएका छन् । तस्वीरमा दुबैलाई खुसी मुद्रामा देख्न सकिन्छ । बैबाहिक समारोहमा उनीहरुका केही निकट चलचित्रकर्मीहरुको पनि उपस्थित छ । शुक्रवार उनीहरुले रिसेप्सन पार्टी दिँने बताइएको छ ।

७ वर्ष अगाडि वर्षा र संजोगको भेट चलचित्र ‘सरी ल’ को अडिसनको क्रममा भएको थियो । पहिलो भेटबाटै उनीहरु एकअर्कासँग नजिक भएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्