थप ११५८ मा कोरोना संक्रमण पुष्टि, १२ को मृत्यु

corona
लोकपाटी न्यूज

काठमाडाै। बितेको २४ घण्टामा देशभर थप ११५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा काेराेनाबाट १२ जनाले ज्यान गुमाउँदा १३१८ जना भने संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९३ हजार २७१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९१ हजार १०८ जना पुगेको छ ।

संक्रमितमध्ये निकाे हुने हालसम्मकाे सङ्ख्या ७ लाख ६३ हजार ७३४ पुगेको छ । यस्तै हालसम्म कोरोना बाट ज्यान गुमाउनेको संख्या ११ हजार ११५ जना पुगेको छ । हाल देशभर सक्रीय संक्रमित १८ हजार ४२२ जना रहेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्