काठमाडौं, २ फागुन । ललितपुरमा हालै नेपाल पानी जहाज कार्यालयको स्थापना भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको १ बर्ष पुगेको अवसरमा सो पानी जहाज कार्यालयको स्थापना गरिएको हो ।
बिहीबार ललितपुरको एकान्तकुनामा प्रधानमन्त्री ओलीले सो पानी जहाज कार्यालयको उद्घाटन गरेका छन् । एकान्तकुनास्थित चक्रपथ सुधार आयोजनाको कार्यालयलाई पानीजहाज कार्यालय बनाइएको हाे । उनले सो भवनको उद्घाटन गर्दै समुन्द्र सबैको साझा भएकाले त्यसमा नेपालले पनि आफ्नो पानी जहाज कुदाउने बताएका छन् ।
भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत स्थापना भएको पानी जहाज कार्यालयको नेतृत्व प्राविधिक तर्फका सह–सचिवले गर्ने बताइएको छ । कार्यालयमा १६ जना प्राविधिक कर्मचारीहरुको दरबन्दी यसअघि बसेको मन्त्रिपरिषद्को बैठकले गरिसकेको थियो । अब सोही कार्यालयले पानी जहाज सञ्चालन सम्बन्धी काम अघि बढाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।



लाेकपाटी न्यूज