बुटवल । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश नम्बर ५ का ईन्चार्ज तथा प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले जनयुद्धका क्रममा घाइते र अपाङ्ग भएका योद्धाहरुको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।
नेकपाको प्रदेश नम्बर ५ कमिटीले बुटवलमा आयोजना गरेको जनयुद्ध तथा जनआन्दोलनका शहिदहरुको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले इतिहासको समीक्षा बोकेर बहस गर्नुको अर्थ नभएको बताए ।
उनले जनयुद्धका क्रममा घाईते भएका, अपाङ्ग भएका र बेपत्ता भएकाप्रतिको दायित्व पूर्वमाओवादीको मात्र नभएको बताउँदै अब ती सबैको दायित्व नेकपा र नेकपा नेतृत्वको सरकारले लिनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै पार्टीका ५ नम्वर कमिटीका अध्यक्ष ओनसरी घर्तीले नेकपाको एकतालाई कमजोर बनाउन देशभित्र र बाहिरबाट प्रयास भई रहेको भन्दै जति सके छिटो भावनात्मक एकताले मात्र कम्युनिष्ट पार्टीको लक्ष हासिल गर्न सकिने बताए ।
नेकपाका केन्द्रीय सदस्य बामदेव क्षेत्रीले सरकार र पार्टीले जनयुद्धका घाइते, बेपत्ता र अपाङ्गहरु प्रति बेवास्ता गरिरहेको भन्दै सरकार र पार्टीले तीनीहरुको जिम्मा लिनुपर्ने बताए ।



लाेकपाटी न्यूज

