काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारको जुहूस्थित घरमा प्रवेश अनावश्यक पसेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार हरियाणाका अंकित गोस्वामी आफूलाई मनपर्ने बलिउड स्टारलाई अक्षय कुमारलाई भेट्न चाहन्थे । र, उनी त्यसकै लागि मुम्बई आएका थिए ।
अंकितले गुगलको माध्यमबाट अक्षय कुमारको घर खोजेका थिए । सोमबार राति अक्षय कुमारको घरमा प्रवेश गर्न खोज्दा सुरक्षा गार्डले उनलाई समातेको थियो । प्रहरी अधिकारी परमजीत सिंह दहियाले जुहू प्रहरीले युवकलाई मङ्गलबार पक्राउ गरेको हो । २० वर्षीय युवक अहिले न्यायिक हिरासतमा छन् ।
तपाईलाई बताऔं कि अक्षय कुमारको फ्यान फलोइङ संसारभर छन् । हालै उनको फिल्म २.० रिलिज भएको थियो । जुन हिट भयो ।



लाेकपाटी न्यूज

