आईपीओ निष्कासन गर्दै सानिमा लाइफ इन्स्योरेन्स

ipo
लोकपाटी न्यूज

काठमाडौं। सानिमा लाइफ इन्स्योरेन्सले साउन २० गतेदेखि ६० करोड बराबरको ६० लाख कित्ता आईपिओ निष्कासन गर्ने भएको छ। कम्पनीलाई नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनको लागि अनुमति दिएको छ।

कम्पनीले असार ९ गते आईपिओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा निवेदन दिएको थियो। १ अर्ब ४० करोड रुपैयाँ चुक्तापुँजी रहेको यस कम्पनीले आईपिओ बिक्रि तथा प्रबन्धकको जिम्मा प्रभु क्यापिटल लिमिटेडलाई दिएको छ।
आईपिओ जारी गरेपछि कम्पनीको चुक्तापुँजी २ अर्ब बराबरको पुग्ने भएको छ।