२५० ग्यास सिलिण्डर नष्ट

Gas in Dhading01
लाेकपाटी न्यूज

धादिङ । मेट्रो काठमाडौं ग्यास उद्योग लिमिटेडले म्याद सकिएका एस.टि.सी. ब्राण्डका २५० सिलिण्डर नष्ट गरेको छ । राष्टिृय उपभोक्ता मञ्च र गुणस्तर तथा नापतौल विभागबाट आएको टोलिको रोहवरमा धादिङ जिल्ला थाक्रे गाउँपालिका-७ मा रहेको उद्योग हातामा संकलित म्याद सकिएका सिलिण्डर नष्ट गरेको हो ।

हाल सो उद्योगअन्तर्गत २ लाख ३२ हजार थान सिलिन्डर बजारमा रहेको छ । जसमध्ये २५० सिलिन्डरमा २०० रातो सिलिन्डर र ५० निलो सिलिन्डर नष्ट गरिएको मेट्रा काठमाण्डौं ग्यासका जनरल मेनेजर महेन्द्र भुषालले बताए ।

हालसम्म ५४ वटा उद्योगमध्ये ४ वटा उद्योग जसमा बाबा ग्यास उद्योग, कोशी ग्यास उद्योग, नेपाल ग्यास उद्योग र काठमाडौं मेट्रो ग्यासले मात्र हालसम्म नष्ट गरेको पाइएको राष्टिृय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल मर्हजनले बताए ।

नेपाल सरकारको समेत लगानी रहेको मेट्रो काठमाडौं ग्यास उद्योग आधुनिक प्लान्टबाट सञ्चालित उद्योग हो । यस उद्योगमा सबै काम मेसिनबाट हुने गरेको छ । यस उद्योगले १ मिनेटमा १२ वटा ग्यास रिफिलिङ्ग गर्ने क्षमता राख्ने गरेको छ । जसमा ४० हजार थान भण्डारण गर्न सक्ने क्षमता रहेको छ । नेपालमा ग्यास सिलिन्डर निर्माण गर्ने उद्योग ती वटा रहेको छ । ती कम्पनीबाट उत्पादन हुने सिलिन्डरको म्याद ५ देखि १० वर्षसम्मको हुने गरेको छ । यसरी म्याद गुज्रेको सिलिन्डर विष्फोट हुँदा कयौं घाइते भएको मर्हजनले बताए । नेपालीको भान्छामा जोखिम मोलेर खाना पकाउन बाध्य छन् । नेपाल सरकारले यस्ता म्याद गएका सिलिन्डरहरुको अनुगमन गरी कडाभन्दा कडा कारवाही गर्न आवश्यक रहेको उपभोक्ता अधिकारकर्मी मर्हजनको भनाइ छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्