एमाले विवाद समाधानका लागी प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता जारी

KP Oli-Madhav Nepal
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। नेकपाका एमालेभित्रको संकट टार्ने प्रयत्नस्वरुप एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ।

काठमाडौंको नागपोखरी, नक्सालस्थित होटल मेरियटमा केही बेरअघि वार्ता सुरु भएको हो। बुधबार एमाले एकता जोगाउन गठित कार्यदलले विवादका विषय टुंगो लगाएको जनाएको थियो। त्यसलाई अन्तिम रुप दिन बुधबार नै ओली र नेपालबीच भेट गराउनेसमेत कार्यदलका सदस्यहरुले बताएका थिए। त्यहीअनुसार ओली र नेपाल स्वयं बसेर विवाद समाधान गर्ने प्रयास सुरु गरेका हुन्।

वार्तामा एमाले स्थायी कमिटी सदस्य विष्णुप्रसाद पौडेल र सुरेन्द्र पाण्डेसमेत सहभागी छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्