काठमाडौं। काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाबारे छलफल गर्नका लागि आज प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ। पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको अवधि सकिँनै लाग्दा दिउँसो ३ बैठक बस्न लागेको हो ।
आज बस्ने बैठकले यसअघि प्रतिबन्धित क्षेत्रलाई थप खुकुलो बनाउनेबारे छलफल हुने काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले बताए। पछिल्लो पटक सार्वजनिक यातायातमा जोर विजोर प्रणाली अपनाएर २५ सिटभन्दा बढी सिट भएको सार्वजनिक यातायात सञ्चालन गरिएको थियो।
त्यसैगरी सबैखाले पसलहरु पनि दिनभर खोल्न दिइएको छ। थप क्षेत्रलाई पनि खुकुलो बनाउने बारे स्वास्थ्य मन्त्रालयसँग राय मागेर निर्णय हुने बताइएको छ। काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आज मध्यराति सकिँदैछ।



लोकपाटी न्यूज

