‘कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार सञ्चालनका केही नीतिगत सवालहरू’

premalkumar khanal
लोकपाटी न्यूज

-प्रेमकुमार खनाल

१.कम्युनिस्ट पार्टीले सरकार सञ्चालनको नेतृत्व गरे पछि बुर्जुवाहरू भन्दा भिन्न ढङ्गले गर्ने कि बुर्जुवाहरूको झैँ सञ्चालन गर्ने रु ऐने यक्ष प्रश्न कम्युनिस्ट पार्टीले समाधान गर्न जरुरी छ। बुर्जुवा पुँजीबादीहरुले भने जस्तो जस्तो प्रधानमन्त्री वा मन्त्रीहरुसंग कुनै विशेषाधिकार (Perogrative right) वा व्यक्तिगत निर्णय गर्ने अधिकार हुन्छ भनेर पार्टीको सहमति ,परामर्श ,वा संस्थागत निर्णय बिना संवैधानिक,राजनीतिक र कूटनैतिक क्षेत्रमा स्वविवेक ढङ्गले निर्णय गर्ने परिपाटी हुर्किन थालेमा यस्तो कार्यशैलीले पार्टी र सरकार बिच सम्बन्ध राम्रो स्थापित गर्न नसक्ने स्वतः स्पष्ट छ।

२. पार्टीले राज्य सञ्चालनको नेतृत्व गर्ने क्रममा मन्त्री ,राजनीतिक नियुक्ति वा कूटनैतिक नियोगमा नियुक्ति गर्ने व्यक्तिहरू पार्टीको विचारलाई आफ्नो क्षेत्रमा लागू गर्न सक्ने असल,योग्य, स्वच्छ व्यक्तिहरू छनौट गरेर पार्टीको संस्थागत निर्णय बाट सिफारिस गरी नियुक्ति हुन जरुरी हुन्छ। तर यसको विपरीत नियुक्ति हुन थालेमा त्यस्ता नियुक्त व्यक्तिहरू पार्टी प्रति होइन, नियुक्त गर्ने व्यक्ति प्रति मात्रै जबाफदेही बन्ने, अनुग्रह बन्ने, स्थिति हुनेछ। यस्तो स्थितिमा यसरी नियुक्त भएका व्यक्तिले जे जति कमजोरी गर्दछन्, अनि त्यस्तो गल्ती कमीकमजोरी प्रति पार्टीको आलोचना टिप्पणी हुने गर्दछ।

३.सरकारले अवलम्बन गर्ने नीति कार्यक्रम र बजेट प्रति तल देखि माथि सम्म व्यापक छलफल गरेर आएका निष्कर्षहरुलाई पार्टीले अन्तर्वस्तु सहितको नीतिगत निर्देश सरकारलाई गर्न सकेन भने सरकारले स्वविवेकिय ढङ्गले बनाउने यस्ता नीति कार्यक्रम र बजेटले पार्टीको कार्यनीतिक कार्यदिशा अनुरुपका कार्यक्रम लागू हुँदैनन् र चुनाबको बेला कबुल गरेको प्रतिबद्धतालाई पूरा गर्न सक्तैन।

४. सरकारले गरेका कामहरूको नियमित रूपमा पार्टीमा रिपोर्टिङ हुने (Reporting) र सरकारले गरेका कामको मूल्याङ्कन गरेर जनसमक्ष प्रचारप्रसार भएन भने सही जानकारीको/सूचनाको अभावमा पार्टीको पक्षमा जनमत निर्माण हुन सक्तैन।

५. पार्टीको तर्फबाट राज्य सञ्चालनमा गएका व्यक्तिहरूका बारेमा जनस्तरबाट उठ्ने आर्थिक अनियमितताको टिप्पणी बारेमा पार्टी आफैले पनि सूक्ष्म ढङ्गले अध्ययन अनुसन्धान गरेर पार्टीले आफ्नो धारणा ,दृष्टिकोण नबनाउने र अध्ययन, अनुसन्धान र निष्कर्षमा व्युरोक्रेसीको मात्रै भर पर्दा सही अनुसन्धान नहुदा यस्ता घटनाको ढाकछोप हुने र यश प्रति पार्टी पनि मुछिने स्थिति हुन्छ, तसर्थ पार्टी भित्र आन्तरिक अध्ययन अनुसन्धानको संयन्त्र सुदृढ हुन जरुरी छ, तबमात्रै पार्टीको इमेज राम्रो बन्न सक्तछ।

६. कम्युनिस्ट पार्टीमा एक व्यक्ति एक मुख्य जिम्मेवारी, तथा पार्टी कामको नेतृत्व र राजकीय निकायको नेतृत्व बेग्ला बेग्लाबेग्लै व्यक्तिबाट भएन भने पार्टीभित्र शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलन स्थापित हुन नसकेको अनुभव सिद्द छ। एकै व्यक्तिले दुवै मोर्चाको नेतृत्व गर्दा दुवै तिर उत्कृष्ट कार्यसम्पादन नहुने, यसले गर्दा पार्टी र सरकारप्रति नै टिप्पणी र आलोचना हुने र यसले व्यक्ति स्वेच्छाचारी बन्दै जाने, अवसर र जिम्मेवारी सीमित व्यक्तिहरूमा मात्रै केन्द्रित हुने स्थिति उत्पन्न हुन्छ।

७. संसदीय मोर्चा वा राजकीय निकायमा व्यक्तिहरूले कतिपटक सम्म अवसर पाई रहने रु भन्ने स्पष्ट नीतिगत व्यवस्था नहुँदा सीमित व्यक्तिहरूले जीवन कालभर सदैव राजकीय सुविधा र अवसर पाई रहने स्थितिले गर्दा यसबाट राज्यबाट पोलीटिकल रेन्ट सिकिङ्ग (Political Rent seeking) तर्फ मानिस हरुलाई उन्मुख गराउने तर पार्टी काममा मात्रै चाहिँ केन्द्रित हुन नचाहने, यसबाट पार्टी काममा मात्रै खटेका र राजकीय क्षेत्रको मान सुविधा पाउने हरुका बिच वर्ग अन्तर बढदै जाने र यसले पार्टी भित्र अस्वस्थ स्थिति र द्वन्द्व बढदै जाने स्थिति उत्पन्न हुन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्