काेराेना भाइरसविरुद्धको खाेपकाे दाेस्राे मात्रा आउँदाे २२ गतेदेखि लगाइने

Corona_Vaccine
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडाैँ। कोरोना भाइरसविरुद्धको भेरोसेल खाेपको पहिलो मात्रा लगाएकालाई आउँदो २२ गतेदेखि दोस्रो मात्रा लगाइने भएको छ। गएको जेठ २५ गतेदेखि २९ गतेसम्म पहिलो मात्रा लगाएकालाई आउँदो असार २२ गतेदेखि दोस्रो मात्रा लगाइने स्वास्थ्य सेवा विभागले जनाएको छ।

काठमाण्डौ उपत्यकामा ६० देखि ६४ वर्ष र उपत्यकाबाहिर ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेलको पहिलो मात्रा दिइएको थियो। पहिलो मात्रा लगाएका तीन लाख ७० हजार नागरिकलाई २२ गतेदेखि दोस्रो मात्रा दिइने स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिए।

खोपको दाेस्रो मात्राका लागि पहिलो खोप लगाएको खोप कार्ड अनिवार्य लैजानु पर्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्