काठमाडौं, २० माघ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता गगनकुमार थापाले नेविसंघले सरकारी गाडी जलाएको घटनाको निन्दा गरेका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै थापाले नेविसंघको उक्त कार्य गलत र निन्दनीय भएको बताएका हुन् । नेविसंघले सरकारी गाडी जलाएपछि त्यसको चौतर्फी आलोचना हुँदै आएको छ ।
थापाले लेखेका छन्, ‘नेविसंघको नाममा केही विद्यार्थीले सरकारी गाडी जलाएकोमा तपाईंको धारणा के हो, भनेर थुप्रै साथीहरूको प्रश्र रहेछ। किन्तु, परन्तु केही नलगाई मेरो उत्तरः त्यो कार्य गलत मात्र नभएर निन्दनीय छ। यस्तो कामलाई दुरुत्साहन गर्न म डटेर लाग्नेछु।’
थापाले यस्ता कार्यको दुरुत्साहनका लागि आफू डटेर लाग्नेसमेत बताएका छन् । यस्तो छ थापाको स्टाटस ।




लाेकपाटी न्यूज

