याेगेश भट्टराईले भने : बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड

Yogesh Bhattarai
लोकपाटी न्यूज

काठमाडाैँ। एमाले नेता योगेश भट्टराईले सर्वोच्चले पछिल्लो समय गरेको फैसलाबारे टिप्पणी गरेका छन्। अदालतबाट आएका आदेशहरूले एमाले एकताको अपरिहार्यतालाई नै जोड गरे जस्तो आफूलाई लागेको उनको भनाइ छ।

‘अदालतका पछिल्ला फैसलाले नेकपा एमालेको एकताको अपरिहार्यतालाई नै जोड गरे जस्तो लाग्छ मलाई त। एकताको पक्षमा उत्प्रेरणा नै मान्नुपर्छ’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्। उनले बुझ्नु पर्नेहरूलाई यो एउटा पाठ भएको भन्दै अगाडि भनेका छन्, ‘भन्छन् नि बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्