काठमाडाैँ। एमाले नेता योगेश भट्टराईले सर्वोच्चले पछिल्लो समय गरेको फैसलाबारे टिप्पणी गरेका छन्। अदालतबाट आएका आदेशहरूले एमाले एकताको अपरिहार्यतालाई नै जोड गरे जस्तो आफूलाई लागेको उनको भनाइ छ।
‘अदालतका पछिल्ला फैसलाले नेकपा एमालेको एकताको अपरिहार्यतालाई नै जोड गरे जस्तो लाग्छ मलाई त। एकताको पक्षमा उत्प्रेरणा नै मान्नुपर्छ’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्। उनले बुझ्नु पर्नेहरूलाई यो एउटा पाठ भएको भन्दै अगाडि भनेका छन्, ‘भन्छन् नि बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड।’
अदालतका पछिल्ला फैसलाले नेकपा एमालेको एकताको अपरिहार्यतालाई नै जोड गरे जस्तो लाग्छ मलाई त । एकताको पक्षमा उत्प्रेरणा नै मान्नु पर्छ । बुझ्नु पर्नेहरुलाई यो एउटा पाठ हो । भन्छन नि बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड ।
— Yogesh Bhattarai (@yogesbhattarai) June 22, 2021



लोकपाटी न्यूज

