कहिले खुल्ला सवारी चालक अनुमतिपत्रकाे परिक्षा ?

LICENCE 1
लोकपाटी न्यूज

काठमाडाैँ। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा तत्काल नखुल्ने यातायात व्यवस्था कार्यालय ठूलो भर्याङले जनाएको छ।

बायोमेट्रिकका लागि प्रतिक्षामा रहेका सेवाग्राहीहरुको हकमा यातायात व्यवस्था विभागले अर्को सूचना जारी नहुँदासम्म सेवा स्थगित रहेको बताएको छ। लाइसेन्स नवीकरणको काम भने आजदेखि सुरु हुने उल्लेख गरिएको छ। त्यस्तै ट्रायल परीक्षा उत्तीर्ण भएकाहरुको राजश्व संकलन समेत थालिएको कार्यालयले जनाएको छ।

२०७७ भदौ महिनासम्म परीक्षा दिनेहरुको स्मार्ट लाइसेन्स प्राप्त भएकाले सो पनि वितरण थालिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्