काठमाडौं, १९ माघ । डा.गोविन्द केसीविरुद्ध अनसन बसेका युवा विजय थापाले पनि शनिबार अनसन तोडेका छन् । उनलाई ३ वर्षीया अकिया नगरकोटी र ५५ वर्षीय बेचेन यादवले जुस पिलाएर अनशन तोडाएका हुन् ।
नगरकोटी काठमाडौं महानगरपालिका २० स्थित भिमासेनथान बस्छिन् भने यादव जनकपुर उपमहानगरपालिका ४ स्थित हंसपुर बस्छन् । थापा शिक्षण अस्पताल महाराजगन्जमा २३ दिनदेखि अनशनरत थिए ।
डा.केसीले सरकारसँग कुनै सहमति नभइकनै शुक्रबार आफ्नो अनसन तोडपछि थापाले पनि आफ्नो अनसन तोडेका हुन् ।



लाेकपाटी न्यूज

