जीवन विकास लघुवित्तले पायाे आइपिओ निष्काशन गर्न अनुमति

IPO Icon
लोकपाटी न्यूज

काठमाडाैँ। जीवन विकास लघुवित्तले आइपिओ निष्काशन गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डबाट जीवन विकासले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आइपिओ निष्कासनका लागि अनुमति पाएको हो।

यस लघुवित्तले प्रतिसेयर १ सय रुपैयाँ दरको १९ लाख ७७ हजार ३ सय कित्ता आइपिओ बिक्री गर्न अनुमति पाएको हो। यस आइपिओलाई इक्रा नेपालले आइआर ‘बीबीबी’ माइनस रेटिङ दिएको छ। यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ। यसको बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ। जीवन विकासले अब आइपिओ निष्काशनको प्रक्रिया अगाडी बढाउनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्