काठमाडौं। नेपाली बजारमा सोमवार पनि सुनको मूल्य ओरालो लागेको छ। स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् आइतवार ६०० रुपैयाँले घटेको सुनको भाउ सोमवार ७ सय रुपैयाँले ओरालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छ। आइतवार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। आइतवारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला ७ सयले घटेको हो। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ७ सयमा कारोबार भएको छ। आइतवार तेजाबी सुन प्रतितोला ९३ हजार ४ सयमा कारोबार भएको थियो।
यस्तै, सोमवार चाँदीको मूल्य पनि घटेको छ। आइतवार प्रतितोला १ हजार ३७० मा कारोबार भएको चाँदी सोमवार १ हजार ३६५ खरीदविक्री भइरहेको छ। आइतवारको तुलनामा सोमवार चाँदीको मूल्य ५ रुपैयाँले घटेको हो।



लोकपाटी न्यूज
