सुनकाे मूल्य थप सात सयले गिरावट, कतिमा हुदैछ काराेबार ?

लोकपाटी न्यूज

काठमाडौं। नेपाली बजारमा सोमवार पनि सुनको मूल्य ओरालो लागेको छ। स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् आइतवार  ६०० रुपैयाँले घटेको सुनको भाउ सोमवार  ७ सय रुपैयाँले ओरालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला  ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छ। आइतवार छापावाला सुनको मूल्य प्रतितोला  ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। आइतवारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला  ७ सयले घटेको हो। त्यसैगरी, तेजाबी सुन प्रतितोला  ९२ हजार ७ सयमा कारोबार भएको छ। आइतवार तेजाबी सुन प्रतितोला ९३ हजार ४ सयमा कारोबार भएको थियो।

यस्तै, सोमवार चाँदीको मूल्य पनि घटेको छ। आइतवार प्रतितोला  १ हजार ३७० मा कारोबार भएको चाँदी सोमवार  १ हजार ३६५ खरीदविक्री भइरहेको छ। आइतवारको तुलनामा सोमवार चाँदीको मूल्य  ५ रुपैयाँले घटेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्