लागूऔषधविरुद्ध प्रहरी : सङ्गत नाटकको प्रदर्शन

Police-public
लाेकपाटी न्यूज

पश्चिम नवलपरासी, माघ । समाजको बढ्दो समस्याको रुपमा रहेको लागूपदार्थ दुव्र्यसनीलाई न्यूनीकरण गर्ने उद्देश्यले पश्चिम नवलपरासीको सुनवल १३ बडेरामा दुव्र्यसनी न्यूनीकरण सम्बन्धी चेतनामूलक नाटक ‘संगत’को प्रदर्शनी गरिएको छ ।

सोही ठाउँमा सञ्चालित प्रथम औद्योगिक ब्यापार मेला तथा लोक सांस्कृतिक पर्यटन महोत्सवको दोस्रो दिनको अवसर पारेर ‘संगत’ नाटकको प्रर्दशन गरिएको हो । प्रस्तुत नाटकमा युवाहरु लागूऔषध दुव्र्यसनमा लाग्ने कारण, दुव्र्यनिीमा देखिने परिवर्तित स्वाभाव र अन्तिम परिणाम लगायतका विषय समेटिएको छ ।

नेपाल प्रहरी र नागरिकहरु पात्रको रुपमा सहभागिता रहको नाटकमा विद्यालयका विद्यार्थीहरु र युवा पिँढीलाई केन्द्रित गरी नाटकको निर्माण गरेको नाटकका निर्देशक रामजीबाबु पराजुलीले बताए ।

समाजको विकृति, विसंगति र अपराधहरुलाई न्यूनीकरण गर्दै शान्त सभ्य, मर्यादित र सुरक्षित समाजको लागी नाटक प्रस्तुत गरेको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक अनोज बिकले बताए ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत लागूऔषध दुव्र्यसनी न्यूनीकरण सम्बन्धी प्रस्तुत गरिएको ‘संगत’ नाटक अवलोकनका लागि यसै क्षेत्रका विभिन्न विद्यालयहरुबाट विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्