नारायणी डेभलपमेन्ट बैंकलाई हकप्रद निष्कासन गर्न स्वीकृती

लोकपाटी न्यूज

काठमाडौं। नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद नेपाल राष्ट्र बैंक लिमिटेडले परिमार्जन गरी स्वीकृत गरेको छ।

बैंकको माघ १६ गते सम्पन्न भएको १९औं वार्षिक साधारण सभाले धितोपत्र बोर्डले अनुमति दिएको १००५ हकप्रद बिक्रीपछि कायम हुने चुक्ता पुँजीमा १ः२ अनुपातमा (२००%) १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो।

तर, राष्ट्र बैंकले बिहीबार १:१ को अनुपातमा मात्र हकप्रद सेयर निष्कासन गर्न स्वीकृती दिएको हो।