साताकाे अन्तिम काराेबारमा दुइ कम्पनीकाे सेयरमूल्यमा उच्च बृद्धि

Share Market
लोकपाटी न्यूज

काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीवार दुइओटा कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ।

दोहोरो अंकले बढीरहेको बजारमा मञ्जुश्री फाइनान्स र युनियन हाइड्रोपावरको शेयरमूल्य उच्च दरमा बढेको हो। याे समाचार तयार पार्नेबेलासम्म सेयर  मञ्जुश्री फाइनान्सको १० प्रतिशत र युनियन हाइड्रोको ९ दशमलव ९३ प्रतिशतले शेयरमूल्य बढेको हो।

मञ्जुश्री फाइनान्सको प्रतिकित्ता  ७५ रुपैयाँले बढेर अन्तिम मूल्य  ८२५ रुपैयाँ र युनियन हाइड्रोपावरको प्रतिकित्ता २८ रुपैयाँले बढेर अन्तिम मूल्य  ३१० रुपैयाँ पुगेको हो। यी दुई ओटा कम्पनीको शेयर खरीद चाप उच्च हुँदा मूल्यमा सकारात्मक प्रभाव परेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्