काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीवार दुइओटा कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ।
दोहोरो अंकले बढीरहेको बजारमा मञ्जुश्री फाइनान्स र युनियन हाइड्रोपावरको शेयरमूल्य उच्च दरमा बढेको हो। याे समाचार तयार पार्नेबेलासम्म सेयर मञ्जुश्री फाइनान्सको १० प्रतिशत र युनियन हाइड्रोको ९ दशमलव ९३ प्रतिशतले शेयरमूल्य बढेको हो।
मञ्जुश्री फाइनान्सको प्रतिकित्ता ७५ रुपैयाँले बढेर अन्तिम मूल्य ८२५ रुपैयाँ र युनियन हाइड्रोपावरको प्रतिकित्ता २८ रुपैयाँले बढेर अन्तिम मूल्य ३१० रुपैयाँ पुगेको हो। यी दुई ओटा कम्पनीको शेयर खरीद चाप उच्च हुँदा मूल्यमा सकारात्मक प्रभाव परेको हो।



लोकपाटी न्यूज
