काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले जेठ २५ गतेदेखि ६ वर्षे अवधिको वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदरको ऋणपत्र विक्री खुला गर्ने भएको छ।
कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो।जसमध्ये १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणलाई विक्री गर्नेछ भने बाँकी १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गर्ने बैंकले जानकारी दिएको छ। ‘८ दशमलव ५० प्रतिशत आरबिबिएल डिबेञ्चर, २०८३’ नामको यो ऋणपत्र माग बमोजिम आवेदन परेमा छिटोमा जेठ २८ गतेसम्म विक्रीमा रहनेछ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा असार ८ गतेसम्म ऋणपत्र विक्रीमा रहने कम्पनीले जानकारी दिएको छ।
आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपी सिंगल ए प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा पर्याप्त मात्रामा सुरक्षा रहेको संकेत गर्दछ। कम्पनीको ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। विक्री प्रबन्धकसँगै ऋणपत्र खरीदका लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तीनका शाखा कार्यालयसँगै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिनेछ।



लोकपाटी न्यूज

