पछिल्लो २४ घण्टामा ६ हजार २ सय ५ जनाले जिते काेराेना भाइरसकाे संक्रमण

Corona_Virus
लोकपाटी न्यूज

काठमाडाैँ। पछिल्लो २४ घण्टामा थप ४३६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। पीसीआर विधिबाट १० हजार ९८६ गर्दा ३७०२ तथा तथा एन्टिजेन विधिबाट १७८४ जनाको परीक्षण गर्दा ६६७ जनामा काेराेना पुष्टि भएको हो। यही अवधिमा ६२०५ जना निको भएका छन्। कोभिड–१९ बाट थप १०९ जनाले ज्यान गुमाएका छन्।

परीक्षणको संख्यामा कमी गरेसँगै पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्यामा कमी देखिएको हो। नेपालमा अझै पनि संक्रमणको दर उच्च रहेको छ। आज पनि परीक्षण गरेकोमा संक्रमणको दर ३४ प्रतिशतभन्दा माथि देखिएको छ। यसअघि दैनिक २० हजारमाथि परीक्षण हुँदै आएकोमा आइतबार यो संख्या १२ हजार ७७० मात्र रहेको छ। शनिबार पनि १४ हजार ७५२ जनामा कोरोना परीक्षण भएको थियो जसमा थप ४४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। शनिबार थप ६०८० जना निको भएका थिए भने ११६ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्