महालक्ष्मी विकास बैंकले ल्यायाे ‘महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ आफ्नै हातमा’ याेजना

लोकपाटी न्यूज

काठमाडौं। महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ आफ्नै हातमा’ योजना सञ्चालनमा आएको छ।

कम्पनीले २७औं वार्षिक उत्सवको अवसरमा कोभिड-१९ को संक्रमण जोखिमलाई न्यूनीकरण गर्न डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ आफ्नै हातमा’ योजना सञ्चालनमा ल्याएको हो। यस योजनाअन्तर्गत हालसम्म महालक्ष्मी मोबाईल एप प्रयोग नगरेका ग्राहकहरुले जेठ ७ गतेदेखि २७ दिनसम्म महालक्ष्मी स्मार्ट डाउनलोड गरेर पहिलो कारोबार गर्दा आफ्नो खातामा कम्पनीको तर्फबाट  १०० रुपैयामा प्राप्त गर्न सकिने जानकारी दिइएको छ।

यस विषम परिस्थितिमा सम्पूर्ण ग्राहकहरुलाई मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आइपीएस, क्यू आर कोड लगायतका विद्युतीय बैंकिङ सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफू र अरुलाई सुरक्षित राख्न कम्पनीले अनुरोध गरेको छ।