मुम्बई । रणबीर कपूर र आलिया भट्टले अहिले प्रेम सम्बन्धमा छन् । उनीहरुको प्रेमको चर्चाले बलिउडला्रई निकै तताएको छ ।
तर, पछिल्लो खबर अनुसार यी दुई बीच खटपट सुरु भएको छ । नवभारत टाइम्सले यी दुईका सम्बन्धमा आएको दरारलाई समाचारमा प्रस्तुत गरेको छ । दुवै जना आफ्नै कारण एकअर्कासँग रुष्ट छन् । आलियाको लगातार फोन र म्यासेज गरिरहने बानीले रनबिर वाक्क भएको नवभारत टाइम्सले लेखेको छ ।
उनले अहिले आलियाका फोन र म्यासेज रीप्लाई गर्न कम गरेका छन् । यहि कारणले गर्दा आलिया पनि तनावमा छिन् । आलियाले रणबीरसँगको सम्बन्धलाई अझ मजबुत बनाउन चाहन्छिन । तर, रणबीरलाई यो कुरा मन पर्दैन । यहि कारण दुवैबीच अहिले निक्कै खटपट चलिरहेको छ ।
रनबिरले फोन उठाउन छोडेपछि आलियाले नितु कपूरलाई फोन गर्न थालेकी छन् । आलिया ऋषि कपूरलाई भेट्न पटक पटक न्युयोर्क पनि पुगिसकेकी छन् । नितु र ऋषिले पनि आलियालाई मन पराइसकेका छन् । उनी क्याट्रीना, दीपिका पछि आलियासँग प्रेम सम्बन्धमा छन् यो सम्बन्ध कहाँसम्म पुग्छ हेर्न बाँकी नै छ ।



लाेकपाटी न्यूज

