मोरङ, १४ माघ । सोमबार बिहान टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि विराटचोक तनावग्रस्त बनेको छ ।
आज बिहान सुन्दर हरैंचा नगरपालिका-११ सिसौघारीमा ना ३३ ख ३३५५ नम्बरको टिपरको ठक्कर दिँदा ११ वर्षीया बालिका लक्ष्मी ढकालको मृत्यु भएको हो ।
तनाव भएपछि स्थानीय प्रशासनले विराटनगर-विराटचौक सडकखण्डका आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
बालिकाको मृत्युपछि आक्रोशित बनेका स्थानीयले ठक्कर दिने टिपरसहित ७ वटा सवारी साधन जलाएको बेलबारी प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै स्थानीयले दोषीमाथि कारवाहीको माग गर्दै सडकमा प्रदर्शनसमेत गरेका छन् । टिपर चालक भने फरार रहेको बताइएको छ ।



लाेकपाटी न्यूज

