काठमाडौं। चालू आवको तेस्रो त्रैमाससम्ममा किसान लघुवित्त वित्तीय संस्थाले ८ करोड ६६ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको छ।
गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले ५० लाख ११ हजार रुपैयाँ नाफा कमाएको थियो। गत आवको तुलनामा चालू आवको कम्पनीको नाफा उल्लेख्य रुपमा वृद्धि भएको छ । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो।
चुक्तापूँजी ३९ करोड २८ लाख ८ हजार रुपैयाँ रहेको कम्पनीले जगेडामा १८ करोड ३० लाख ३८ हजार रुपैयाँ सञ्चित गरेको हो। चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले ४ अर्ब ५६ करोड ३२ लाख रुपैयाँ सापटी लिएर र १ अर्ब ११ करोड १ अर्ब ११ करोड ६६ लाख रुपैयाँ निक्षेप संकलन गरेर ५ अर्ब ६३ करोड २१ लाख रुपैयाँ कर्जा लगानी गरेको हो। त्यसैगरी सो अवधिमा कम्पनीले २ करोड २९ लाख १६ हजार रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ।
खराब कर्जा संकलनमा वृद्धि भएकाले पनि नाफामा बढ्न टेवा पुगेको हो। प्रतिशेयर आम्दानी २२ दशमलव शून्य ६, मूल्य आम्दानी अनुपात ७९ दशमलव १५, तरलता अनुपात ५२ दशमलव ९८ र प्रतिशेयर नेटवर्थ १४६ दशमलव ६० रहेको छ। कम्पनीले यहि आवमा एफपीओ निष्कासन गर्ने तयारीमा रहेको छ।
कम्पनीले १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ निष्कासन गर्ने तयारी गरेको हो। आउँदो आवमा पुनः सर्वसाधारण शेयर निष्कासन र बोनस शेयर गरी चुक्तापूँजी ५५ करोड रुपैयाँ पुर्याउने योजनाले रहेको कम्पनीले वित्तीय विवरणमा उल्लेख गरेको छ।



लोकपाटी न्यूज

