जेठ १७ मा लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको उपनिर्वाचन

lumbini_pradesh_sabha_
लोकपाटी न्यूज

काठमाडौं। लुम्बिनी प्रदेशबाट रिक्त बनेको राष्ट्रियसभा सदस्य पदका लागि आगामी जेठ १७ गते उप चुनाव हुने भएको छ। माओवादीबाट राष्ट्रियसभामा निर्वाचित चन्द्रबहादुर खड्कालाई माओवादीले पार्टीबाट हटाएपछि रिक्त रहेको एक सिटमा १७ गते उप चुनावको मिति तय भएको निर्वाचन आयोगले जनाएको छ।

वागमती प्रदेशमा रामबहादुर थापा बादलको ठाउँमा जेठ ६ गते उप चुनाव हुँदैछ। संविधानअनुसार राष्ट्रियसभा सदस्य पद रिक्त भएको ३५ दिनभित्रै उप चुनाव गरिसक्नुपर्ने भएकाले जेठ १७ मा लुम्बिनीमा उप चुनावको मिति तय गरिएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्