चीनमा संस्कृत भाषाको पढाइ सुरु, नेपालमा उपेक्षा

लोकपाटी न्यूज

भिम उपाध्याय: संस्कृत अधिकॉश भाषाहरूको जननी भाषा हो। संस्कृत हिमवतखण्डकाे आधिकारिक भाषा हो। दक्षिण एशियामा मुगल साम्राज्य स्थापना हुनु अघिसम्म संस्कृत आयावर्तभरि कै राजकीय भाषा थियाे। अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार संस्कृत संसारभरिकै स्पष्ट भाषा हाे। संस्कृत भाषामा संसारमा प्रचलित भाषाहरूमध्ये सबैभन्दा बढी शब्दहरू छन् र वर्तमानमा बोलिने लेखिने संस्कृत भाषाकाे शब्दकाेशमा १०२ अरब ७८ कराेड ५० लाख शब्दहरू छन्। संस्कृत कुनै पनि विषयका लागि एउटा विशाल भण्डार हाे जस्ताे कि एउटै हात्तीका लागि संस्कृतमा १०० भन्दा ज्यादा शब्दहरू छन् र एउटै शव्दको २५ रूप हुन्छन्। नासासँग संस्कृत भाषामा लेखिएका ६० हजारभन्दा बढी ताडपत्रका पाण्डुलिपीहरू छन् जसमाथि नासा अनुसन्धान गरिरहेको छ।

फोबर्स म्यागेजिनले जुलाई १९८७ काे अंकमा संस्कृत भाषालाई कम्प्युटर सफ्टवेयरका लागि सबैभन्दा उपयुक्त भाषा ठहर गरेकाे थियो।अन्य भाषाकाे तुलनामा संस्कृतमा सबभन्दा कम शब्दमा वाक्य पूरा हुन्छ। संस्कृत मात्रै एउटा यस्ताे भाषा हाे जुन बाेल्दा जिब्राका सबै मांशपेशीहरूकाे उपयाेग हुन्छ। अमेरिकन हिन्दु युनिभर्सिटीका अनुसार संस्कृतमा कुराकानी गर्ने मानिसलाइ ब्लडप्रेसर, मधुमेह, कोलेस्टराेलजस्ता राेगबाट मुक्ति मिल्छ भने संस्कृतकाे प्रयाेगले मानव शरीरकाे तन्त्रिका तन्त्र सक्रिय हुन गइ सकारात्मक उर्जा प्रवाहमा सघाउँछ। स्पीच थेरापीमा संस्कृत सहयाेगी सिद्ध हुनाका साथै एकाग्रता बढाउन पनि संस्कृत उपयाेगी भाषा हो। अहिले पनि भारतकाे कर्नाटकको मुत्तुर गाउँका मानिसहरू संस्कृतमा नै बातचित गर्दछन्।

भारतबाट प्रकाशित सुधर्म संस्कृतकाे पहिलाे अखबार हो जुन सन् १९७० देखि प्रकाशित भएको हाे भने अहिले यसको अनलाइन संस्करण पनि सुचारू भइसकेको छ । नासाका वैज्ञानिकका अनुसार जब उनीहरू अन्तरिक्ष ट्राभलर्सलाई सन्देश पठाउँदा अरू जुनसुकै भाषाका वाक्य उल्टिनाले अर्थकाे अनर्थ लाग्ने तर संस्कृतको भने वाक्य उल्टो पनि अर्थ नबदलिने विशेषता रहेको छ। तपाइँलाई आश्चर्य लाग्न सक्छ कम्प्युटरबाट गणितको हल गर्ने विधि Algorithms संस्कृतमा बनेकाे छ, अंग्रेजीमा होइन। नासाका वैज्ञानिकहरूले बनाउन लागेको 6th र 7th Generations super computers संस्कृत भाषामा तयार भएर सन् २०३४ सम्म बजारमा आइपुग्नेछन्।

जर्मनीका १४ विश्वविद्यालयहरूमा संस्कृत पढाइन्छ। संस्कृतले दिमागलाइ तेज बनाउनाका साथै स्मरणशक्ति बढाउँछ। त्यसैले लन्डन र आयरल्याण्डका विद्यालयहरूमा संस्कृत अनिवार्य विषयका रूपमा पढाइन थालिएको छ। हाल संसारका १७ भन्दा बढी देशहरूमा कम से कम एउटा न एउटा युनिभर्सिटीमा संस्कृत प्राविधिक शिक्षाका रूपमा पढाइन्छ। संस्कृत सरल, समृद्ध सुसंस्कृत बैज्ञानिक र मीठो भाषा हो: संस्कृत भाषालाई प्रिय र सम्पर्क भाषा वनाएर समृद्ध बन्नतिर लाग्न सकिन्छ । यो भाषामा ज्ञानविज्ञान अध्यात्म दर्शनको विपूल खानी लुकेको छ । हामीले गर्व गर्ने ईतिहास संस्कृति भनेकै यही न हो , नत्र हामी को हौं भनेर चिनाउने धरातल नै मासिनेछ र मासिन दिनुहुदैन। यसो भन्दैमा यो भाषा स्कूलकलेजमा पढ्न पढाउन अनिवार्य भने बनाउनु हुदैन तर स्वेच्छिक र एक्स्ट्रा क्लास लिन मिल्ने सुविधा भने अनिवार्य उपलव्ध हुनैपर्छ।

टोलटोलमा संस्कृत भाषा ज्ञान बारेमा क्लवहरू खोल्दै जानुपर्छ । जति जान्दै गयो उति आनन्द आउने भाषा हो संस्कृत, हाम्रो पहिचानको जग हो संस्कृत, यसमार्फत नै हामी विश्वमै शिर उचा राख्न सक्ने हुदै जानेछौं। विश्वका अध्येताहरू संस्कृतप्रति आकर्सित हुदै गईरहेका/भैरहेका छन्, उनीहरू संस्कृतका आदिभूमिका बासिन्दा हामीबाट सहयोग पाउने आशामा बसेका पाईन्छन्। संस्कृत बोलेरै सिक्नुपर्छ किनभने यो बैज्ञानिक व्याकरणबद्ध र समृद्ध भाषा हो। वाक्य पढ्न र वाक्य वनाउन भने ठूलो कलात्मकता चाहिने देखिन्छ। संस्कृतको अर्थ भनेको पनि ‘त्यही व्यवहार गर्ने हो जुन जीवनमा आनन्दप्रदायक हुन्छ।’

चिनमा संस्कृत भाषाको पढाई सुरू भएको छ। संस्कृतप्रति चिनीयाहरूको रूचि बढ्दै गएको छ। संस्कृत विविका प्रा डा काशीनाथ न्यौपानेले पढाउन थालेका हुन्। पश्चिम चीनको कान्सु प्रान्तमा संस्कृत भाषा पढाई सुरू भएको छ। कान्सु प्रान्तको सदरमुकाम लाञ्चौस्थित नर्थवेष्ट जातीय विश्वविद्यालयमा करीब २०० जना विद्यार्थीहरूले गत वर्षको असोज २४ देखि एक महिने संस्कृत शिक्षाको तालिम लिईसकेका छन्। चिनियाँहरूले बेइजिङ र काठमाडौं आएर समेत नेपाली भाषा पढ्ने क्रम बढिरहेका बेला चीनमै सँस्कृतमा समेत पढाइ सुरु गरिएको हो। एक ४८ वर्षीया छात्रा क्वान चिन लीको अनुभव छ, ‘संस्कृत पढ्नका लागि धैर्य राख्नुपर्ने रहेछ, जति बुझ्दै गयो त्यति रमाइलो लाग्ने, संस्कृत जटिल भएपनि रोचक र मैत्रीपूर्ण छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्