यी हुन् धेरैसँग प्रेम सम्बन्ध राख्ने ५ अभिनेत्री

Bollywood
लाेकपाटी न्यूज

मुम्बई । फिल्ममा प्रेम, रिलेशनसिप र ब्रेकअप जसरी देख्न सकिन्छ त्यसै गरि सेलिब्रेटीको रियल जीवनमा पनि यस्ता उतार चढाव देखिने गरेका छन् । अभिनेत्री हुन् वा अभिनेता, एकभन्दा बढीसँग प्रेम र रोमान्स उनीहरुको लागि सामान्य कुरो बनिसकेको छ ।

बलिउडमा केही कलाकार यस्ता पनि छन् जसले रिलेशनसिपमा पनि रेकर्ड बनाएका छन् । बलिउडका ५ अभिनेत्री को को हुन् जसको अफेयर्स एकभन्दा बढी व्यक्तिसँग चल्यो ।

१. आलिया भट्टAaliya

बलिउडकी सबैभन्दा चुलबुले अभिनेत्रीमा पर्दछिन् आलिया भट्ट । प्रेम रिलेसनसिपको कारणले पनि उनले निकै चर्चा बढुली सकेकी छन् । उनले आफुलाई सबै भन्दा योङ कलाकार तथा नाइका भन्न रुचाउँछिन् ।
उनी पछिल्लो समय रणवीर कपुरका साथ रिलेसन सिपमा रहेकी छन् । यस अगाडि उनको नाम सिद्धार्थ मल्होत्रा, अर्जुन कपुर, क्वीन मितल, अली ददाकर र उनको साथी रमेश दुबेसँग पनि जोडिएको थियो । अहिलेसम्म उनको ६ अफेयर रहेको बिभिन्न भारतिय सञ्चार माध्यममा आएको छ ।

२. दीपिका पादुकोणDeepaka

अहिले बलिउडकी सबैभन्दा महँगी तथा डिमान्डेड अभिनेत्री हुन् दीपिका पादुकोण । उनले गतबर्ष अभिनेता रणवीर सिंहसँग विवाह गरेकी छन् । अहिलेसम्म उनको ९ जनासँगको अफेयर रहेको तथ्य बाहिर आएको छ । उपेन पटेल, सिद्धार्थ माल्या, रणवीर कपुर, निहार पंड्य, मुज्जमिल इब्राहिम, एमएस धोनी, युवराज सिंह, रवि चौहान जस्ता व्यक्तिसँग उनको नाम जोडिसकेको छ ।

३. प्रियंका चोपडाPriyanka
प्रियंका चोपडा बलिउडकी एक सफल अभिनेत्री भित्र पर्दछिन् । बलिउडदेखि हलिउडसम्म अभिनयको जादु छर्न सफल अभिनेत्री प्रियंकाले हलिउड गायक निक जोनससँग बिबाह गरेकी छन् । विवाह पहिले उनी धेरै जनासँगको रिलेसनसिपमा रहेकी थिइन् । असीम मर्चेन्ट, हरमन बवेजा, शाहिद कपुर, अक्षयकुमार, शाहरुख खान लगायत अन्य केही व्यक्तिसँग उनको नाम जोडिएको थियो ।

४. कंगना रनौतKangana

बलिउडकी क्वीन कंगना अभिनय करियर सुरु हुनु पहिले नै आदित्य पञ्चोलीसँगको रिलेशनसिपमा रहेर सनसनी मच्चाएकी थिइन् । कंगना अहिले बलिउडकी सफल अभिनेत्री मध्येकी एक हुन् । उनको अहिलेसम्म ५ अफेयर्स रहेका छन् । अहिले सिंगल रहेकी कंगनाको नाम आदित्यपछि अध्ययन सुमन, अजय देवगन, निकोलस लेपर्टी र ऋतिक रोशनजस्ता व्यक्तिसँग पनि जोडिएको थियो ।

५. अनुष्का शर्मा Anuska
अनुष्का शर्मा अहिले क्रिकेटर विराट कोहलीकी पत्नी हुन् । तीन खानका साथ अभिनय गरेकी अनुष्काको विराट भन्दा पहिले रणवीर सिंह, शाहिद कपुर, अर्जुन कपुर, सरेश रैना, जोहेव युसुफ र रणवीर कपुरसँग पनि नाम जोडिएको थियो । उनको अहिलेसम्म ७ अफेयर्स रहेको कुरा बाहिर आएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्