लोकसभा चुनाव लड्दै करीना

Kareena01
लाेकपाटी न्यूज

मुम्बई । बलुउड अभिनेतृ करीना कपुर राजनीतीमा प्रवेश गर्ने भएकी छिन् । आगामी आमचुनावमा कांग्रेस आईले बलिउड अभिनेत्री कपुरलाई भोपालबाट उठाउने तयारी गरेको हो ।

भोपालकी बुहारीसमेत रहेकी करिनालाई उठाउँदा जित्ने सकिने आसमा कांग्रेसले उनलाई चुनाव लडाउने तयारी हो ।
भोपालमा कांग्रेसले ४० वर्षदेखि हार व्यहोर्दै आएको छ । युवामाझ लोकप्रिय करिनालाई उठाउँदा जित्न सक्ने आँकलन गरीएको छ । यसअघि करिनाका ससुरा एवम् पूर्व क्रिकेटर मन्सुर ली खाँ पटौदी पनि कांग्रेसबाट भोपालमा लोकसभा चुनाव लडेका थिए ।

कांग्रेसका केही स्थानीय नेता करिनालाई भोपालबाट सांसद बनाउन चाहन्छन्। उनीहरुले करिनालाई टिकट दिन केन्द्रीय स्तरका नेताहरुसँग आग्रह गरेका छन्। उनीहरुले भनेका छन्, ‘भोपालमा भारतीय जनता पार्टीको जितको ४० वर्षको इतिहास तोड्न करिनालाई टिकट दिनु उपयुक्त छ।’

करिना कपुर खान र राहुल गान्धीबीच पुरानो सम्बन्ध छ । करिना राहुल गान्धीलाई राम्रो मान्थिन् भन्ने कुरा यसअघि पनि मिडियाबाट सार्वजनिक भइसकेको छ । पत्रकार रसिद किदवईले आफ्नो किताबमा ‘नेता अभिनेता बलिउड स्टार पावर इन इन्डियन पोलिटिक्स’ मा देशमा निडर गान्धी परिवार र बलिउडका प्रसिद्ध कपुर खानदानबारे थुप्रै रोचक प्रसंगको बयान गरेका छन्।

एक टिबी सोमा करिनाले ‘म राहुलसँग डेट गर्न चाहन्छु’ भनेकी थिइन्। ‘मलाई राहुलको बारेमा जान्नु बुझ्नु कुनै जरुरत छैन’, उनले भनेकी थिइन्, ‘मैले उनका तस्बिर देखेकी छु । त्यसैबाट उनको स्वभाव बुझ्न सकिन्छ ।’ करीनाले आफू फिल्म जगतका साथ साथै राजनीतिक खानदानबाट आएको बताएकी थिइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्