काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले काठमाडौंको त्रिपुरेश्वरमा अवस्थित नेपाल आँखा अस्पताललाई टोकन सिस्टम लागु गर्नको लागि सहयोग स्वरुप ५ लाख प्रदान गरेको छ। सो रकम बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतमले अस्पतालका अध्यक्ष डा. गोपाल प्रसाद पोखरेललाई हस्तान्तरण गरे।
बैंकबाट प्राप्त उक्त रकम अस्पतालमा आउने सेवाग्राहीको सुविधा तथा छिटो छरितो सेवा प्रदान गर्नको लागि अस्पतालका विभिन्न ब्लकहरुमा टोकन सिस्टम लागु गर्न उपयोग गर्ने जनाएको छ। उक्त सिष्टमले अस्पतालमा व्यवस्थित रुपमा सेवा प्रदान गर्न मद्दत पुग्ने विश्वास बैंकको छ।



लोकपाटी न्यूज

