एमाले बरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गाैतमबीच छलफल जारी

Bamdev gautam
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमबीच भेटवार्ता भएको छ। स्रोतका अनुसार नागपोखरीस्थित बामदेवका छोराको अफिसमा आधा घण्टादेखि छलफल भइरहेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता नेपाल र भीम रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेसँगै नेपाल–खनाल समूहले छलफललाई तीब्रता दिएको छ।

मंगलबार बसेको नेपाल–खनाल समूहका स्थायी कमिटी सदस्यहरुको बैठकले ओलीले गरेको कारबाहीको भर्त्सना गर्दै संक्युक्त वक्तव्य जारी गरेको थियो।