काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमबीच भेटवार्ता भएको छ। स्रोतका अनुसार नागपोखरीस्थित बामदेवका छोराको अफिसमा आधा घण्टादेखि छलफल भइरहेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता नेपाल र भीम रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेसँगै नेपाल–खनाल समूहले छलफललाई तीब्रता दिएको छ।
मंगलबार बसेको नेपाल–खनाल समूहका स्थायी कमिटी सदस्यहरुको बैठकले ओलीले गरेको कारबाहीको भर्त्सना गर्दै संक्युक्त वक्तव्य जारी गरेको थियो।



लोकपाटी न्यूज

