चितवन। प्रेस सेन्टर चितवनले चैत २५ गते हुने पत्रकार महासंघको निर्वाचनमा सहमति, सहकार्य र एकता गरेर अगाडि बढ्ने निणर्य गरेको छ। भरतपुरमा बिहीबार आयोजित छलफल तथा प्रशिक्षण कार्यक्रममा चैत २५ मा हुने निर्वाचनमा जिल्लास्थित पत्रकार सम्वद्द संघसंगठनसँग सहकार्य गरेर प्रेस सेन्टरकै नेतृत्वमा अगाडि बढ्न संगठन तयार रहेको निर्णय गरेको हो।
महासंघको आसन्न निर्वाचनका लागि संगठनका केन्द्रीय कोषाध्यक्ष एवं चितवन जिल्ला सल्लाहकार सुरेशचन्द्र अधिकारीको नेतृत्वमा समिति समेत तय गरिएको जिल्ला अध्यक्ष प्रकाशमणि ज्ञवालीले जानकारी दिए।
संयोजक अधिकारीले चितवन सधैं नमूना जिल्लाका रुपमा स्थापित रहेकोले यसपटक पनि सबैसँगको एकता नै पहिलो खुड्किलो भएको बताए।
कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरका प्रमुख मेयर रेनु दाहालले चितवन पत्रकारिताको हिसावले अत्यन्तै अनुशासित र मर्यादित भएको बताउदै सबै मिलेर अगाडि बढ्दा राम्रो सन्देश जाने र पत्रकारका लागि खास काम गर्न सकिनेमा जोड दिइन्। पत्रकारका लागि विभिन्न्न तवरले सहयात्री बन्न आफू र महानगर सधैं तयार रहेको उनको भनाइ थियो।
प्रचार विभाग प्रमुख आर सी अधिकारीले चितवनका पत्रकारहरु देशमै रोलमोडलका रुपमा प्रस्तुत गर्न सकिने उल्लेख गर्दै आसन्न निर्वाचनमा पनि एकता कायम गर्न आग्रह गरे। सहभागि पत्रकारहरुले यसपटक प्रेस सेन्टरकै नेतृत्वमा महासंघको नयाँ संरचना बन्नुपर्नेमा जोड दिएका थिए।
उनिहरुले प्रेस सेन्टर शशक्त र अनुशासित र अभिभावकीय भूमिका निर्वाह गर्न सक्ने हैसियतमा रहेकोले पत्रकार सम्वद्द सबै संगसंगठनहरुलाई एकताको भावना प्रस्तुत गर्न आव्हान गरेक। प्रेस सेन्टर चितवनका अध्यक्ष प्रकाशमणि ज्ञवालीले प्रेस सेन्टर सबै पत्रकारहरुको अभिभावक बन्न सक्ने भन्दै संघसंठनलाई एकताबद्ध हुन सबैलाई आव्हान समेत गरे।



लोकपाटी न्यूज
