काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्तमा रहेका शेयर लिलाममा बढाबढ गरेर बिक्रि खुल्ला गरेको छ। बैंकले माइक्रोफाइनान्सको संस्थापक समहुको ५ लाख ८९ हजार ४ सय ३८ कित्ता संस्थापक शेयर बिक्रि गर्न लागेको जनाएको छ। शेयर प्रति कित्ता मुल्य न्युनतम ४ सय ३७ रुपैयाँमा बिक्रि गर्न लागेको छ।
आवेदन दिन चाहानेले संस्थाले तोकिएको मुल्य वा सो भन्दा बढी मुल्य अंकित गरेर बोलकबोल पेश गर्न आग्रह गरेको छ। शेयर गर्न इच्छुक संस्था तथा व्यक्तिले न्युनतम १०० कित्ता र धेरैमा सबैमा दिन सक्छन्।
शेयर निष्कासन तथा बिक्रि प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई जिम्मेवारी दिएको छ। बैंकको अनुसार शेयर खरिद गर्न बैसाख ७ गतेसम्म एनआईसी एशिया क्यापिटल लिमिटेडमा बोलपत्र पेश गर्न सकिने छ।



लोकपाटी न्यूज

