काठमाडाैँ। नेकपा माओवादी केन्द्रका युवा नेता तथा अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रमेश मल्ल माओवादी केन्द्रलाई अहिले नै पार्टीको नाम परिवर्तन गर्न हतारो नगर्न सुझाव दिएका छन्। शुक्रबार बेलुकी सामाजिक सञ्जाल मार्फत नेतृत्वलाई निवेदन भन्दै उनले माओवादी नेतृत्वले आगामी दिनमा चाल्नुपर्ने कदमको सम्वन्धमा १० सुझाव दिएका हुन।
उनले अहिले नै माओवादी केन्द्र नाम बदल्नु हतारो हुने भन्दै नेकपा तथा माओवादी आन्दोलनका विविध धारासंग सम्वाद गरि एकिकृत धार निमार्णको वातावरण बनाउन लाग्न र अरुले पनि अपनत्व लिनेगरी नामबारे छलफल गर्ने नेतृत्वलाई सुझाव दिएका छन्। उनि भन्छन्, अहिलेलाई नेकपा (माओवादी केन्द्र) जिन्दावाद भनौं। माक्र्सवाद-लेनिनवाद -माओवाद -जिन्दावाद ! भनौं।
समाजवादउन्मुख जनताको जनवादलाई राजनीतिक कार्यक्रम बनाएको नेकपाको एउटा धार माओवादी केन्द्र पनि भएकोले यसलाई व्यवस्थित ब्याख्या गरि आगामी राजनीतिक कार्यक्रम बनाउन पनि उनको सुझाव छ। उनले प्रतिगामी शक्तिलाई परास्त गरि वाम लोकतान्त्रिक शक्तिको सरकार निर्माणको पहल गर्दै त्यसलाई सार्थक बनाउन पनि नेतृत्वलाई आग्रह गरे।
उनले पार्टीलाई पुननिर्माण तथा पुनर्गठनको आवश्यकता औलाउदै पार्टीलाई क्रान्तिकारीकरणको दिशामा पुनर्नमिाण गर्न द्रब्यमोह र परिवारमोहबाट माथी उठि नयाँ संस्कार र संस्कृतिको पार्टी स्कुलको पुनर्गठन नेतृत्वबाटै गर्नुपर्ने आवश्यकता रहेको बताए। त्यस्तै पार्टी भित्र हुर्किएको जाति, क्षेत्र, गोत्र र एस म्यानको समुह (गुट) मनोविज्ञानलाई पार्टी मनोविज्ञानमा बदल्दै निर्णय गर्ने स्थानमा आफ्ना नहुने पनि सुरक्षित हुन्छन् वा पार्टी नै आफ्नो हो भन्ने सन्देश व्यवहारिक रूपमा प्रवाह गर्न आवश्यक रहेको पनि उल्लेख गरेका छन्। नेतृत्वबाट पार्टी कार्यकर्ताहरुलाई अपमानित हुने व्यवहार भुलेर पनि नगर्न उनको सुझाव छ।
उनले पार्टीको पुरानो केन्द्रीय कार्यसमिति (माओवादी केन्द्रको सचिवालय) लाई केन्द्रीय नेतृत्वको आधार मानी सम्पुर्ण तहका समितिलाई आबस्यकता अनुसार पुनर्गठन गर्दै तल्लो तहसम्म कामकाजी र चुस्त कमिटी प्रणाली निर्माण गर्न लाग्नुपर्ने पनि बताएका छन।
सुझावका क्रममा सम्पुर्ण नेता कार्यकर्तालाई दोहोरो जिम्मेवारी वा जिम्मेवारीविहीनको अवस्थाबाट मुक्त गर्न, सहिद परिवार, वेपत्ता परिवार, घाइते योद्धा र पुर्व जनमुक्ति सेनाका योद्धाहरुलाई कमिटी प्रणालीमा उचित स्थान दिने कुरालाई गम्भीरताका साथ मनन गर्न, पार्टीलाई साचो अर्थमा किसान, मजदुर र श्रमिक वर्गको पार्टीमा रुपान्तरण गर्न र पार्टीका सबै तदर्थ कमिटीलाई निश्चित समयभित्र अधिवेशन र महाधिवेशनमार्फत कार्यसमितिमा बदल्न नेतृत्वलाई सुझाव दिएका दिए। नेतृत्वले जनतामा भर पर्न, कार्यकर्तामा विश्वास गर्दै पार्टी पुनर्निर्माण गर्न सम्भव रहेको उनकाे धारणा छ।
यस्ता छन उनका १० सुझाव:-
नेतृत्वमा हार्दिक निवेदन :
१. नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले अहिले नै नाम बदल्ने हतारो नगरौं। नेकपा तथा माओवादी आन्दोलनका विविध धारासङ्ग सम्वाद गरि एकीकृत धार निर्माणको वातावरण बनाएर, अरुले पनि अपन्वत्व लिने गरि नयाँ नामको बारे छलफल गरौंला। अहिलेलाई नेकपा (माओवादी केन्द्र ) – जिन्दावाद भनौं। माक्र्सवाद- लेनिनवाद -माओवाद – जिन्दावाद ! भनौं।
२. समाजवादउन्मुख जनताको जनवादलाई राजनीतिक कार्यक्रम बनाएको नेकपाको एउटा धार हामी भएकोले यसलाई व्यवस्थित ब्याख्या गरि आगामी राजनीतिक कार्यक्रम बनाऔं ।
३. प्रतिगामी शक्तिलाई परास्त गरि वाम लोकतान्त्रिक शक्तिको सरकार निर्माणको पहल सार्थक बनाऔं।
४. पार्टीलाई क्रान्तिकारीकरणको दिशामा पुनर्निर्माण गर्न द्रब्यमोह र परिवारमोहबाट माथी उठि नयाँ संस्कार र संस्कृतिको पार्टी स्कुलको पुनर्गठन नेतृत्वबाटै गरौं।
५. पार्टी भित्र हुर्किएको जाति, क्षेत्र, गोत्र र एस म्यानको समुह (गुट) मनोविज्ञानलाई पार्टी मनोविज्ञानमा बदल्दै निर्णय गर्ने स्थानमा आफ्ना नहुने पनि सुरक्षित हुन्छन् वा पार्टी नै आफ्नो हो भन्ने सन्देश व्यवहारिक रूपमा प्रवाह गरौं। पार्टी क्याडरहरुलाई पटकपटक अपमानित हुने व्यवहार भुलेर पनि नगरौं।
६. पार्टीको पुरानो केन्द्रीय कार्यसमिति (माओवादी केन्द्रको सचिवालय) लाई केन्द्रीय नेतृत्वको आधार मानी सम्पुर्ण तहका समितिलाई आबस्यकता अनुसार पुनर्गठन गर्दै तल्लो तहसम्म कामकाजी र चुस्त कमिटी प्रणाली निर्माण गरौं।
७. सम्पुर्ण नेता कार्यकर्तालाई दोहोरो जिम्मेवारी वा जिम्मेवारीविहीनको अवस्थाबाट मुक्त गरौं।
८. सहिद परिवार, वेपत्ता परिवार, घाइते योद्धा र पुर्व जनमुक्ति सेनाका योद्धाहरुलाई कमिटी प्रणालीमा उचित स्थान दिने कुरालाई गम्भीरताका साथ मनन गरौं।
९. पार्टीलाई साचो अर्थमा किसान, मजदुर र श्रमिक वर्गको पार्टीमा रुपान्तरण गरौं।
१०. पार्टीका सबै तदर्थ कमिटीलाई निश्चित समयभित्र अधिवेशन र महाधिवेशनमार्फत कार्यसमितिमा बदलौ।
जनतामा भर परौ, कार्यकर्तामा विश्वास गरौं ! पार्टी पुनर्निर्माण गर्न सम्भव छ, सकिन्छ। धन्यवाद !



लोकपाटी न्यूज

