प्रतिनिधिसभाको बैठक सुरु

Pratinidhi sambha
लोकपाटी न्यूज

काठमाडाैँ। प्रतिनिधिसभाको बैठक सुरु भएको छ। संसद भवन नयाँ बानेश्वरमा  बैठक सुरु भएको हो। फागुन २३ गते तत्कालीन नेकपाको एक पक्षद्वारा बहिस्कार र काँग्रेसको अवरोधपछि स्थगित भएको बैठक आज बसेको हो।

आजको बैठकमा विभिन्न मितिमा सांसद तथा पूर्वसांसदहरुको  निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ भने विवादास्पद अध्यादेशको कार्यसूची हटाइएको छ । अध्यादेशकै विषयमा असहमति जनाउँदै २३ गतेको प्रतिनिधिसभा बैठक प्रभावित भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्