काठमाडाैँ। प्रतिनिधिसभाको बैठक सुरु भएको छ। संसद भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो। फागुन २३ गते तत्कालीन नेकपाको एक पक्षद्वारा बहिस्कार र काँग्रेसको अवरोधपछि स्थगित भएको बैठक आज बसेको हो।
आजको बैठकमा विभिन्न मितिमा सांसद तथा पूर्वसांसदहरुको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ भने विवादास्पद अध्यादेशको कार्यसूची हटाइएको छ । अध्यादेशकै विषयमा असहमति जनाउँदै २३ गतेको प्रतिनिधिसभा बैठक प्रभावित भएको थियो।



लोकपाटी न्यूज