४ माघ । एक जना ट्याक्सी चालकलाई अदालतले दुई वर्षको जेल सजायको फैसला गरेको छ ।
गर्भवती भएको विरालोलाई मारेको अभियोगमा अदालतले बिहीबार ती चालकलाई जेल सजायको फैसला गरेको अधिकारीहरुले जनाएका छन् । यो घटना मलेसियाको हो ।
जनावर अधिकारवादी कानून व्यवसायी ए. मोहनराजले अनावश्यक रुपमा चालकले बिरालोलाई मारेको अभियोग लगाउँदै कारवाहीको माग गरेका थिए ।
क्वालालमपुरदेखि बाहिर रहेको कपडा धुने ठाउँमा गत सेम्टेम्बरमा घटना भएको बेर्नामा समाचार संस्थाले जनाएको छ ।
बिरालोको हत्यासम्बन्धी दृश्य सिसिटिभीमा खिचिएको थियो र त्यो सामाजिक सञ्जालहरुमा भाइरल भएको थियो । घटनामा दुई व्यक्ति संलग्न थिए ।
एक जना महिलाले मारिएको त्यो बिरालोको शव प्रहरी कार्यालयमा लगेर उजुरी दिएकी थिइन् ।
दोषी ठहर गरिएको ४२ वर्षीय मोहनराजले आफूले जानीजानी बिरालोको हत्या नगरेको दावी गर्दै आएका छन् । तर, उनको आग्रह र दावीलाई अस्वीकार गर्दै अदालतले बिहीबार दुई वर्षे जेल सजाय सुनाएको छ ।
यस्तो आरोप लागेका अभियुक्तहरुलाई बढीमा तीन वर्ष जेल सजाय गर्न सकिने कानूनी व्यवस्था भएपनि न्यायधीशहरूले दुई वर्ष तोकेका हुन् ।
अदालतको आदेश आउनु अगाडि अदालतमा उनले भनेका थिए, ‘मलाई पश्चाताप महशुस भएको छ, सबै मलेसियाली नागरिकसँग म यो अनुरोध गर्दछु की आगामी दिनमा मबाट यस्तो काम हुनेछैन ।’



लाेकपाटी न्यूज

