काठमाडौं, ३ माघ । पञ्चाङ्ग निर्णायक समितिले २०७६ सालको पात्रो तयार गरेको छ । समितिको ६ दिनअघि बसेको बैठकले पात्रो तयार गर्ने निर्णय गरेको हो ।
पात्रोअनुसार २०७६ सालको दशैँ असोज १२ गतेदेखि शुरु हुने भएको छ । विसं २०७५ सालको तुलनामा आगामी वर्षको दशैँ १२ दिन अघि परेको छ । यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
पात्रोअनुसार फुलपाती १८ गते, १९ गते महाअष्टमी, २० गते महानवमी र असोज २१ गते विजयादशमी परेको छ ।
तिहार कात्तिक १० गतेदेखि शुरु हुने भएको छ । १० गते लक्ष्मी पूजा, ११ गते गोवर्द्धन पूजा र म्हपूजा तथा १२ गते भाइटीका रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।



लाेकपाटी न्यूज

